पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मातहत सञ्चालित दुई विकास आयोजना अनुगमन गरेको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न १७ र २१ जोड्ने फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना र पोखरा महानगर वडा न२३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको अनुगमन गरेको बताइएको छ।
कुल लागत ६लाख १७ हजार ९१९ भएर ३५ लाख ५८ हजार ३ सय ६४ मा मिति २०८१ बैशाख ३ गते निर्माण सम्झौता भएको फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना २०८१ असार ४ गते निर्धारित समयमै निर्माण सम्पन्न भएको पाइएको प्रमुख पौडेलले बताए । ग्याभिन जाली ,रिप र्याप नाली प्लास्टिक सिट कभरिङ ,बायो इन्जिनियरिङ सहित क्याच ड्रेनको निर्माणले सो पूल सहित सो क्षेत्रको बस्ती संरक्षणमा समेत महत्त्वपूर्ण भुमिखा खेल्ने पौडेलले उल्लेख गरे।
सो अवसरमा प्रमुख पौडेलले केही निर्माण कम्पनिहरूले श्रमिकहरूलाइ काममा लगाएर ज्याला भुक्तानीमा आनाकानी गरेको तथा श्रम शोषण गरेको भन्ने गुनासा आएको भन्दै यदि त्यसो गरेको पाइएमा निर्माण कम्पनीहरूलाइ कानुन अनुसार कारबाही गर्न सरोकारवाला कार्यालयलाई आग्रह गरे।
त्यसैगरि जिसस कास्कीको अनुगमन टोलिले पोखरा महानगर वडा न२३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको समेत अनुगमन गरेको छ । टोलीमा जिसस कास्कीका पदाधिकारी ,सदस्य ,प्राविधिक, इन्जिनियर सहित सरोकारवाला कार्यालय स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका कर्मचारी सहित स्थानीयहरूको उपस्थिति रहेको थियो।













