घरभित्रै जमेको पानीमा डुबेर ७ महिने शिशुको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

dead

धनगढी ।

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको ज्यान गएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको बताए । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै ज्यान गएको एसपी जोशीले बताए ।

  • २४ असार २०८१, सोमबार १०:१३ प्रकाशित