आज गण्डकीसहित ४ प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

rain flows down from a roof down

 

पोखरा ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै यी क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

नोटः मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ थिच्नुहोला ।

  • २४ असार २०८१, सोमबार ०९:५४ प्रकाशित