सप्तकोसी ब्यारेजमा ‘रेड फ्ल्याक’ : ५६ वटै ढोका खोलियो

केन्द्रभाग मिडिया

विराटनगर ।

पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।यसअघि ४१ वटा ढोका खोलिएकोमा निरन्तर पानीको बहाव बढेपछि ५६ वटै ढोका खोलिएको बताइएको छ ।

  • २३ असार २०८१, आईतवार ०९:४६ प्रकाशित