अपडेट : गण्डकीमा बाढीपहिरोको वितण्डा

पहिरोमा पुरिएका ८ मध्ये ४ जना मृत भेटिए, अन्यको खोजी कार्य जारी

केन्द्रभाग मिडिया

पोखरा ।

अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घर माथीबाट आएको पहिरोले बगाउँदा बेपत्ता भएका ८ जना मध्य ४ जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा स्याङ्जाका २ जना र पर्वतमा २ जना रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका हुन् ।

उनका अनुसार स्याङ्जाको विरुवा गाउँपालिका ६ अर्चलेमा पहिरोले घर पुर्दा बेपत्ता भएका ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमायाँ शर्मा मृत अवस्थामा भेटिएका हुन् । ७१ वर्षीय माधव शर्मा भने भटिएका छैनन् ।

पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्किनेटामा कुलप्रसाद उपाध्यायको घर माथिबाट पहिरो आएर पुरिँदा बेपत्ता भएका ४० वर्षीय झलक पौडेल र स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय तुलसी प्रसाद पौडेल मृत अवस्थामा भेटिएका छन् ।

तनहुँमा सुक्लागण्डकी ६ का ४० वर्षीय हिरा नेपाली, ३७ वर्षीया अनिता वास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका छन् । उनीहरु सुनमयाँ कुमालको घरको सामान निकाल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

  • २२ असार २०८१, शनिबार १८:४१ प्रकाशित