बढ्यो रामघाटमा सेतीको जलसतह, ५ परिवारलाई सुरक्षित स्थानमा सारियो

केन्द्रभाग मिडिया

पोखरा ।

अविरल वर्षाका कारण पोखरा १४ रामघाटमा सेती नदीको जल सतह बढेको छ । जलसतह बढेसंगै रामघाट तालमा परिणत भएको देखिएको छ ।

किनारमा रहेका पाँच परिवारका २३  जनालाई सुरक्षित स्थानमा सारिएको छ ।  शनिबार दिउँसो १ बजे उनीहरुलाई गस्टी टोल विकास संस्थाको भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले सेती बढेकाले जोखिम हुनसक्ने भन्दै उनीहरुलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिए ।

‘सेतीको बहाव बढ्यो, डुवान पर्नसक्ने भएपछि जोखिम नहोस भनेर लत्ता कपडासहित उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको हो’ उनले भने ।

  • २२ असार २०८१, शनिबार १५:३८ प्रकाशित