नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले बेचन झालाई पक्राउ गरेको छ । झा लाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । भुटानी शरणार्थी कोटामा अमेरिका पठाउन खोज्ने गिरोहहरुबाट झा ले दुई करोडको चेक बुझेको प्रहरी अनुसन्धानाबाट खुल्न आएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीबाट दुई करोडको चेक लिएका थिए ।

भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।

शुक्रबार मात्रै पुर्व गृहमन्त्री राम बहादुर थापाका छोरा प्रतिक थापालाई समेत शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।

  • १५ असार २०८१, शनिबार १२:२६ प्रकाशित