कारोनाविरुद्ध खोपको उत्पादन आधा घटाउँदै सिरम

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोभिडविरुद्धका खोप उत्पादक कम्पनी सिरम इन्स्टिट्युटले उत्पादन घटाउने भएको छ । पछिल्लो समय कोभिड खोपको माग कम भएको भन्दै सिरमले अब उत्पादन आधा घटाउने बताएको छ ।

विश्वकै सबैभन्दा ठूलो कोभिड खोप उत्पादक सिरमका मुख्य कार्यकारी अधिकृत अदार पूनावालाले अहिले आफुहरुसँग कोभिशील्ड खोपको ५० करोड मात्रा भण्डारमा रहेको बताएका छन् ।

पुनवालाले भनेका छन् ,‘अहिले प्रतिमहिना २५ करोड मात्रा खोप उत्पादन गरिरहेको छु र खुसीको कुरा भारतले आफ्नो जनसङ्ख्याको ठूलो भागलाई खोप दिएको छ र हामीले एक हप्तामा स्वास्थ्य मन्त्रालयको माग पूर्ति गरिसक्ने छौँ।’ उनले भने,‘अब हामीले पूर्ति गर्नुपर्ने थप माग छैन। त्यसैले भारत र विश्वबाट थप माग नभएसम्म म मासिक रूपमा आधा उत्पादन घटाउँदै छु।’

भारतले आफ्नो जनसङ्ख्याको ५१ प्रतिशत वयस्कलाई गत ज्यानुअरी यता पूर्ण मात्रा खोप दिइसकेको छ। करिब ८५ प्रतिशत भारतीयहरूले कम्तीमा एक मात्रा पाएका छन्।तर अझै पनि भारतमा करोडौँ मानिसहरूले खोप पाउन बाँकी रहेको बताइएको छ।

  • २२ मंसिर २०७८, बुधबार १६:१६ प्रकाशित