मेहनती ज्ञान बहादुर भिरपाखामा खरबुजा फलाएरै मनग्य आम्दानी

गिता राना

पोखरा ।
उमेरले ६० काटेका कृष्तिका ज्ञान बहादुर कार्की घाम पानी केही नभनी खेतबारीको काममा ब्यस्त रहन्छन । पोखरा २१ कृष्तिको धनुुबास तारा गाउँका कार्कीले २३ वर्षदेखी बाँझो रहेको भिरालो पाखामा नगदेबाली खेती लगाउदै आएका छन । उनको मुख्य खेती भनेको भिरालो पाखामा खरबुजा फलाउने हो । समुन्द्री सतहदेखी ९ सय मिटरको हाराहारीमा रहेको धनुबासको भिरालो पाखामा उनले यतिबेला करिब ११ रोपनी जग्गामा विभिन्न पाँच प्रजातिका खरबुजा खेती गरेका छन ।

कृष्ति हिल कृषि तथा पशुुपन्छी पालन फारम खोलेर कार्कीले विगत ६ वर्षदेखी निरन्तर खरबुजा उत्पादन गर्दै आएका हुन । कार्कीको फर्ममा अहिले सरस्वती, भेलभेट, फोनेक्स, जन्नत र स्वीट मेलन प्रजातिका खरबुजा उत्पादन भइरहेको छ ।पोखरामा पहिलोपटक ट्रयाक्टरबाट खेत जोत्ने कामको शुरुवात गरेका कार्कीले ट्रायाक्टर चलाउने कामबाट घाटा ब्यहोर्नु परेपछि युरोप हानिएका थिए । युरोपमा कृषि फर्ममा गरेको कामलाई आफ्नै भुमिमा सदुपायोग गर्नुपर्छ भन्ने उद्देश्य राखेर आजभन्दा ६वर्ष अगाडी धनुबासमा रहेको आफ्नै भिरपाखामा खरबुजा खेतीको सुरुवात गरेका थिए । कार्कीले सुरुसुरुमा त्यति उत्पादन दिन नसके पनि अहिले आएर भने खरबुजा खेतीबाट वर्षेनी मनग्य आम्दानी गर्ने गरेका छन ।

कार्कीले खरबुजा प्रजातिसंगै कागती, एभोकाडो लगाएतका खेती गर्दै आइरहेका छन । पानीको श्रोत नभएको भिरालो पाखामा खेती गर्दा साह्रैनै गा¥हो हुने उनी बताउछन । कार्कीले खेतीपातीका लागि मल चाहिने भएकाले भैसी र कुखुरा समेत पालेका छन । तिनै भैसी र कुखुराको मलको माध्यामबाट उनले अर्गानिक खेती गर्दै आएको समेत बताउछन ।

कार्कीले आगामी दिनमा अन्य बाँझो जग्गामा समेत खेतीलाई बिस्तार गर्ने योजना रहेको सुनाए । कार्कीले आफ्नो ब्यवसायको लागि कुनै सरकारी अनुदान भने नलिने बताउछन । कार्की भन्छन ‘अनुदान भनेको अल्छीहरुले लिने हो । हामी जस्तो काम गर्नेलाई अनुदान चाहिदैन । तर सरकारले ४० वर्ष माथि उमेरकालाई हेर्ने नजर गलत रहेकोमा भने आक्रोस पोख्छन ।’

कार्की भन्छन,’ युवा उमेरमा कोही पनि स्वदेश बस्दैनन ।’ ४० उमेर पछि स्वदेश फर्केका युवाहरुका लागि लगानी गर्ने वातावरण सरकारले नबनाएको उनको भनाइ छ ।

पछिल्लो समय पोखरा महानगरले सञ्चालन गरेको कृषि एम्बुलेन्सको सेवाबाट भने कार्की खुसी छन । कृषि एम्बुलेन्सले आफुहरु जस्तो किसानको खेतबारीमा पुगेर संकलन गरेको कृषि उपजलाई सिधै उपभोक्ता माझ पुु¥याएर उपभोक्ता ठगिन बाट बचेकोमा भने उनी खुसी देखिन्छन । उनी भन्छन,’ उपभोक्ताले सिधै खेतबारीमा फलेको तरकारी त्योपनि अर्गानिक तरकारी सुपथ मुल्यमा पाउने कुरामा हामी किसान जति खुसी को होला र ।’

 

  • २१ जेष्ठ २०८१, सोमबार १५:२९ प्रकाशित