पोखरा ।
पोखराका चार अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् । ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा काठमाडौंमा भएको नेपाल पत्रकार महासंघको २७ औं अधिवेशनको उद्घाटन समारोहमा पोखराका अग्रज पत्रकारहरु नवराज सुवेदी, रमेश पौडेल, रवीन्द्र वास्तोला र पदम रेग्मी प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका हुन् ।
उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्रसहित सम्मान गरेका हुन् । यसअगाडि पोखराका अग्रज पत्रकार माधव शर्मा, वद्रीविनोद प्रतिक, कोमलनाथ बराल, नारायण भट्टराई, नारायण कार्की र पुण्य पौडेल प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भइसकेका छन् ।
नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको साथै नेपालमा स्वतन्त्र प्रेसको बिकास र रक्षाका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेलेको भुमिकाको कदर गर्दै अग्रज पत्रकारलाई नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान अर्पण गर्ने गरेको छ ।