जनकपुरधाम ।
महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । यो समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।आगलागीमा सयौं घर जलिसकेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताएका छन् ।
उनका अनुसार हावा तीव्र गतिमा चलिरहेको छ । घाम पनि उत्तिकै छ । त्यसैले पनि आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ ।
आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ । बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीहरु आगो नियन्त्रणमा लिन खटेका छन् ।













