मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

तेह्रथुम ।

तेह्रथुममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ५ दागपा बस्ने कालुबहादुर लिम्बुका छोरा आठ वर्षीय सुदिप लिम्ब रहेका छन् ।शनिबार साँझ आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भई करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

  • १० बैशाख २०८१, सोमबार ०९:४२ प्रकाशित