पोखराको राष्ट्रबैंक चोकमा हाइस र स्कार्पियो ठोकिए, ८ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको राष्ट्रबैंक चोकमा हाइस र स्कार्पियो एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । विहीबार विहान ४ः२० मा भएको दुर्घटनामा परेर घाइते भएका सबै चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको छ ।

कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार घाइतेको गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैजना खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनले बताए ।

स्कार्पियोले सटरमा ठक्कर  दिँदा भएको क्षति

हाइस र स्कार्पियो एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको स्कार्पियो चोकको एक घरमा ठोक्किँदा घरमा समेत क्षति पुगेको छ । एक्सप्रेस मनिचेन्जरमा क्षति पुगेको हो ।

ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको हाइस एक आपसमा ठोकिएका हुन् । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए ।

स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ । दुबै सवारीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

  • ६ बैशाख २०८१, बिहीबार ०७:१८ प्रकाशित