झिटिगुन्टा सुन ल्याउनेविरुद्ध अभियान: विमानस्थलबाट चौथो दिन पनि ९ किलो सुन बरामद

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ ।

झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सोमबारदेखि भन्सारले यात्रुले ल्याउने सुनमा राजश्व संकलन गर्न कडाई थालेको थियो । बिहीबारसम्म गरी चार दिनमा यसरी भित्रिएको सुनको परिमाण ५६ किलो नाघेको छ ।

  • १७ मंसिर २०७८, शुक्रबार १६:१७ प्रकाशित