पोखरा ।
पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोल मा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाचौं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २१ यूनिट रगत संकलन भएको छ।
कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले उद्घाटन गरेका थिए। शर्माले मानव जीवनको निम्ति अपरिहार्य रगत जस्तो महत्त्वपूर्ण चिजलाइ खेर नफाली समय समयमा दान गर्नुपर्ने भन्दै सम्पूर्ण टोलबासी आउने समयमा थप कृयाशिल हुँदै पुण्य कार्यमा सरिक हुन आग्रह गरे ।
सो कार्यक्रममा संयोजक विष्णु वाग्ले, घारिकुलो टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरि ,घारिकुलो आमा समुहका कार्यबाहक अध्यक्ष देवीमाया पौडेल सहितले मन्तव्य व्यक्त गरेका थिए।
घारीकुलो टोल विकास सन्था र घारीकुलो आमा समुहको विशेष सहयोग रहेको सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।संस्थाका अध्यक्ष पुरन गिरि को अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको संचालन सचिव पबित्रा सुवेदी भण्डारी र स्वागत उपाध्यक्ष कुमार बस्नेतले गरेको संस्थाका व्यवस्थापक दिपक लामिछानेले जानकारी दिए।













