हेमजामा भएको बस दुर्घटनामा घाइते नरबहादुरको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको हेमजामा भएको सवारी दुर्घटनामा परेर घाइते भएका मध्ये एकजनाको ज्यान गुमेको छ । गत २९ चैतमाको विहान २ः५० बजेको समयमा सुईखेतमा काठमाडौंबाट पोखरा हुँदै बेनी जादै गरेको ग २ ख १६३० नं.को बस दुर्घटना भएको थियो ।

सो बसमा सवारभई घाइते भएका म्याग्दीको मालिका गाउँपालिका १ दरवाङ्का ७२ वर्षीय नरबहादुर पुनको उपचारको क्रममा शनिबार ज्यान गुमेको कास्की प्रहरीले जानकारी दिएको छ । कास्की प्रहरीका अनुसार उनलाई साँझ १८ः४७ बजे डाक्टरले मृत घोषणा गरेका हुन् ।

बसमा सवार ८ जना घाईते मध्ये ७ जना सोही दिन सामान्य उपचार पश्चात डिस्चार्ज भएका थिए । उक्त बस सह–चालक म्याग्दीका बेनी– ४ तातोपानी बस्ने बर्षीय २५ बिनोद दर्जीले चलाएको प्रहरीले जनाएको छ ।

  • २ बैशाख २०८१, आईतवार ०८:२६ प्रकाशित