मोडिफाई गरिएका बाइक पछि प्लाष्टिकका बाजा नियन्त्रणमा लिँदै कास्की प्रहरी

केन्द्रभाग मिडिया

पोखरा ।

सडकमा ध्वनी प्रदुषण गर्दै गुड्ने माडिफाइ गरिएका बाइकलाई नियन्त्रणमा लिन थालेको कास्की प्रहरीले ध्वनी प्रदुषण गराएका भन्दै प्लाष्पिटकका बाजा समेत नियन्त्रण गर्न थालेको छ ।

ध्वनी प्रदुषण गरउने यस्ता १९ सय १५ थान बाजा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी बैदामबाट १२०० र तेर्साट्टीबाट ७१५ थान प्लाष्टिकका बाजा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा लेकसाईडमा हुन लागेको ‘१९ औं संस्करणको फेवा ववर्ष महोत्सवलाई मध्यनजर गर्दै उक्त चाडपर्व तथा मेलापर्वमा ध्वनी प्रदुषण कम गर्ने उद्देश्यले प्लाष्टिकका बाजा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • २९ चैत्र २०८०, बिहीबार ११:२४ प्रकाशित