पोखरा ।
आज इस्लाम धर्मावलम्बीले ईद–उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ ।
साथै मुस्लिम समुदायले आफन्तमाझ अंगालो हालेर आत्मीयता साट्ने गर्छन् । साथै, घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।
यो पर्वको ७० औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।
यस वर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (ईद) अवसरमा बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।
सरकारले हरेक वर्षको ईद–उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।













