भारतको नैनितालमा जिप दुर्घटना, सात नेपालीको ज्यान गयो (नामावली)

केन्द्रभाग मिडिया

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको ज्यान गएको छ। घटनामा अर्का एकजना भारतीयको पनि ज्यान गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्।

दुर्घटनामा छोटु चौधरी र जनक घाइते भएका छन्। मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ।

  • २७ चैत्र २०८०, मंगलवार ११:३३ प्रकाशित