आज डलरको भाउ बढ्दा पाउण्डको घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज डलरको भाउ बढेको छ । डलर बढ्दा आज पाउण्ड घटेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा थियो ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८ रुपैयाँ ८० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ ।

  • २७ चैत्र २०८०, मंगलवार १०:४० प्रकाशित