मासु खाँदा घाँटीमा हड्डी अड्किएर २२ वर्षीय युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

हेटौंडा ।

चितवनको भरतपुर महानगरपलिका–१ स्थित शारदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर ज्यान गएको छ। तनहुँ सिद्धेश्वर नगरपालिकाका करण अंकलको घरमा बस्थे। मासु खाँदा २२ वर्षीय सुनारको घाँटीमा हड्डी अड्किएको थियो।

उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो। त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए। तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो।

भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

  • २३ चैत्र २०८०, शुक्रबार १४:२४ प्रकाशित