राष्ट्रिय माविको पुनर्मिलन समारोहको तयारी तीव्र

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा– १, टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले वर्षैभरि हीरक महोत्सव मनाइरहेको छ ।

गत वर्ष २० मंसिरमा ७५ औं वर्ष प्रवेश गरेको अवसरमा विद्यालयले वर्षैभरि विविध कार्यक्रम गरी हीरक महोत्सव मनाइरहेको छ । यसैक्रममा विद्यालयले आगामी ८ वैशाखमा पुनर्मिलन समारोह आयोजना गरेको छ ।

विद्यालय प्रांगणमा बिहान ७ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त पुनर्मिलन समारोहमा विद्यालयका जग्गादाता, चन्दादाता, अक्षयकोषदाता, पूर्व व्यवस्थापन समिति, पूर्व शिक्षक, अभिभावक संघ, पूर्व शिक्षक र कर्मचारीहरु, पूर्व विद्यार्थीहरु, शुभचिन्तक लगायतको उपस्थिति रहने विद्यालय प्रध्यानाध्यापक ईश्वरीप्रसाद सापकोटाले बताए ।

पुनर्मिलन समारोहको आवश्यक तयारी तीव्र पारिएको हीरक महोत्सव पुनर्मिलन कार्यक्रम संयोजक अधिवक्ता वसन्तराज अधिकारी बताउँछन् । विद्यालय अध्यक्ष रामविक्रम राणाले विद्यालयले आगामी २० मंसिरसम्म विविध कार्यक्रम गर्ने जनाए ।

  • २३ चैत्र २०८०, शुक्रबार ११:०९ प्रकाशित