पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा रहेको थियो ।
यस्तै आज पाउण्डको भाउ एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५७ र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा थियो।
डलर एकको खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा रहेको छ ।















