आज डलर, युरो र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा छ । यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०० पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ ।

  • २१ चैत्र २०८०, बुधबार ०९:१९ प्रकाशित