घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले मनायो तेश्रो स्थापना दिवस

केन्द्रभाग मिडिया

पोखरा । घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले तेस्रो स्थापना दिवस मनाएको छ । राष्ट्रिय सहकारी दिवसका दिन ३ वर्ष अघि स्थापना भएको उक्त सहकारीले मगंलवार सहकारीको कार्यलय घार्मी मैदानमा स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तेजेन्द्र प्रसाद पौडेल, माधव प्रसाद पौडेल लगायतका व्यक्तिहरुले संस्थाको दिगो विकास तथा कृर्षि क्षेत्रमा लगानिको विषयमा बोलेका थिए । उनीहरूले घार्मी पर्यटकीय स्थल भएकाले पर्यटन केन्द्रित व्यवसायमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष पोषराज पौडेलले संस्थाको स्थिति,अवस्था र विभिन्न गतिविधिको जानकारी गराए । संस्थाका सचिव राजकुमार पौडेल द्वारा संचालित सो कार्यक्रममा यस वर्षको उत्कृष्ठ वचतकर्ता डिलमाया पौडेललाई सम्मान गरिएको थियो । १ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीले आफ्ना सदस्यलाई कृषि र पर्यटन क्षेत्रमा लगानीका लागि विभिन्न योजना मार्फत प्रोत्साहन गरेको छ ।

  • २० चैत्र २०८०, मंगलवार १७:३७ प्रकाशित