सामूहिक उद्यम गरेमा वडा कार्यालयले थप सहयोग गर्छ : अध्यक्ष बास्तोला

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखरा महानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सन्तोष बाँस्तोलाले आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले थप सहयोग गर्ने बताएका छन् ।

महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा प्रमाणपत्र वितरण गर्दै उनले प्रशिक्षार्थीलाई हौस्याउँदै बास्तोलाले भने, ‘तपाइँहरू उद्यमी बन्नुहुनेछ र कम्पनी खोल्नु हुनेछ भने सधैं तपाइँको साथमा वडा छ । सामूहिक उद्यम गर्नुहुन्छ भने वडा कार्यालयले थप सहयोग गर्नेछ ।’ उनले महिला दिदीबहिनीको मागका आधारमा वडा कार्यालयले एक महिने हस्तकलाको तालिम दिइ दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको बताए ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन ।

प्रशिक्षार्थी सुनिता कोइरालाले एक महिनाको हस्तकला सिप सिकाइका क्रममा दक्षता प्राप्त भएको बताइन । तालिम अवधिमै दर्जन बढी सामग्री तयार हुँदा खुशी व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिन । प्रशिक्षार्थी हरिदेवी बुढामगरलाई उत्कृष्ट प्रशिक्षार्थीको रूपमा पुरस्कृत गरिएको थियो भने सीतादेवी ढकालाई लगनशीलताका साथ सिप सिकेका कारण रोजगारमा आवद्ध गरिएको छ ।

गत फागनु १४ गतेदेखि वडा कार्यालयले सञ्चालन गरेको १ सय २० घण्टाको एक महिने हस्तकला तालिममा वडाभित्रबाट छनौट भएका १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम अवधिमा प्रशिक्षार्थीले १४ प्रकारका २ सय १० हस्तकलाजन्य सामग्री तयार गरेका थिए ।

वडा सदस्य एवम् तालिम संयोजक शान्तिदेवी कोइरालाको अध्यक्षतामा सम्पन्न तालिम समापनमा सदस्य गुमादेवी परियाले स्वागत मन्तव्य राखेकी थिइन भने सदस्य शान्तबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

  • १९ चैत्र २०८०, सोमबार १८:२९ प्रकाशित