१९औं स्थापना दिवसको अवसरमा कालिका गणमा रक्तदान

केन्द्रभाग मिडिया

पोखरा । कालिका गण स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण पोखराले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा गणमा कार्यरत ६६ जना सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुले रक्तदान गरेका हुन ।

रक्तदानमा संकलन भएको रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्धारा संचालिन प्रादेशिक रक्तसन्चार सेवा, पोखरालाई हस्तान्तरण गरिएको थियो । २०६१ चैत्र २१ गते पोखराको मालेपाटनमा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १९ औँ स्थापना दिवसको उपलक्ष्यमा गणले अन्य संघसंस्थाहरु संग समन्वय गरी खेलकुद, विपद सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाइ, वृक्षारोपण र रक्तदान कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।

कालिका गणलाई गण्डकी प्रदेशमा विपद उद्धारकहरुको युनिटको रुपमा समेत चिनिने गरिन्छ ।

  • १९ चैत्र २०८०, सोमबार १७:३९ प्रकाशित