रुस युक्रेन युद्धमा ज्यान गुमाएकाका परिवारद्धारा सिंहदरबार अगाडि प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुस युक्रेन युद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले न्याय माग्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । सिंहदरबारको दक्षिण गेटअगाडि विरोध गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा महिला र केही बालबालिका पनि छन् ।बेपत्ता भएकालाई स्वदेश फर्काउन पहल गरिदिन साथै ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसअघि पनि रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारले खोजीका लागि सरकारसँग याचना गरेका थिए ।

  • १९ चैत्र २०८०, सोमबार ११:१० प्रकाशित