भोलीदेखि अनिश्चितकालका लागि बन्द हुदैँ दिल्लीका सबै विद्यालय

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलीदेखि दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन्। वायु प्रदुषणमा सुधार नआएपछि दिल्लीका वातावरण मन्त्री गोपाल रायले शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

अर्को सूचना जारी नभइन्जेलसम्मका लागि दिल्लीका सबै विद्यालय बन्द गर्न लागिएको रायले बताएका छन् । वायु प्रदुषणका कारण दिल्लीमा वृद्धवृद्धामा मात्र नभई वयस्क र बालबालिकामा छाती तथा फोक्सोमा खराबी देखिन थालेको छ ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।

  • १६ मंसिर २०७८, बिहीबार १५:४२ प्रकाशित