कास्कीको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  ९ जना पुरुष र तीन जना महिला घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट भदौरे तर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप दिउँसो ३:३० बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ मा रहेको सल्लाघारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता सूर्यबहादुर रानामगरले जानकारी दिएका हुन् ।

घाइते सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै गरेको उनले बताए । दुर्घटनाको खबर आउने वित्तिकै वडा प्रहरी कार्यालय बगरका इन्सपेक्टर बोधराज रेग्मीको कमाण्डमा प्रहरी पुगेको र स्थानीयको सहयोगमा घाइतेको उद्दार गरिएको उनले बताए ।

  • १८ चैत्र २०८०, आईतवार १६:३६ प्रकाशित