पोखराको अर्चलेमा बस दुर्घटना, दुई जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको वडा नम्बर २७ अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका हुन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी निमित्त प्रवक्ता इनिस्पिेक्टर सूर्यबहादुर रानामगरले जानकारी दिए ।

उनका अनुसार रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर लेखनाथतिर फर्किँदै गरेको ग १ ख ८६८० नम्बरको बस बिहान १० बजेतिर अर्चलेमा दुर्घना भएको हो । गुड्दा गुड्दैको बस दुर्घटना भई बिच सडकमै ठाडो भएर उभिएको जस्तो भएको छ ।

  • १७ चैत्र २०८०, शनिबार १२:३१ प्रकाशित