सामाजिक कुरीति विरुद्ध प्रशिक्षण कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा । सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा सामाजिक कुरीति विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा भएको दुई दिने प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । समाजमा विद्यमान सामाजिक कुरीति, लै·िक हिंसा, वाल विवाह, दाइजो प्रथा, जातिय भेदभाव, मानव वेचविखन तथा ओसार पसार लगायत परम्परागत हानीकारक अभ्यासहरु न्यूनिकरण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, नागरिक समाज शिक्षक, समुदाय प्रहरी, आमा समूह क्लव, महिला प्रर्वद्धित सहकारी, लै·िक अल्पसंख्यकबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाह र अधिवक्ता गीता लामिछानेले सहजिकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा कास्की जिल्लामा सचेतना जगाउनका लागि सामाजिक कुरीति विरुद्ध जागरण अभियाननै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समाजमा हुने विकृति विसंगती न्यूनिकरण गर्नका लागि समुदायसँग समन्वय आवश्यक रहेको बताए । ‘विकृति विसंगती न्यूनिकरण गर्ने काम प्रहरीको हो तर प्रहरी एक्लैबाट त्यो सम्भव छैन’ प्रहरी उपरीक्षक थापाले भने, ‘विकृति विसंगती न्यूनिकरणका लागि प्रहरी समुदायसँग समन्वय गर्न सधै तयार छ ।’ उनले यस्ता खालका कार्यक्रमहरु गर्न लागि आफ्नो कार्यलयबाट निशुल्क रुपमा प्रशिक्षक उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले फुजल खर्चका कारण विकृति विसंगती वढ्दै गएको बताउदै यस्ता खालका गतिविधिलाई निरुत्साहित पार्न सवै लाग्नु पर्ने उल्लेख गरे । अभियानकर्ता रामबहादुर पौडेलले प्रशिक्षणमा सिकेका सिकाइबाट कास्की जिल्लालाई विकृति रहित जिल्ला बनानउन सकेमा मात्रै प्रशिक्षणले सफलता पाउने उल्लेख गरे । सहभागि गीता पौडेलले सिकेका कुरा व्वयहारमा उतार्न आफ्नो तर्फबाट लागि पर्ने बताइन् । सामाजिक विकास कार्यालय कास्कीका कार्यालय प्रमुख इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अधिकृत ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

  • १६ चैत्र २०८०, शुक्रबार १५:५५ प्रकाशित