लेखनाथ ।
लेखनाथ निर्माण ब्यवसायि समितिले मजदुरहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि पाँच दिने तालिम दिने भएको छ ।
भवन निर्माण गर्दा महानगरपालिकाले लागु गरेको आचारसंगिताको पुर्ण रुपले पालना गर्नका मजदुरहरुलाई गुणस्थरिय निर्माणका वारेमा ब्यवहारिक र प्रयोगात्मक तालिम दिन लागिएको हो ।
मंगलवार देखि सुरु भएको तालिमको सुभारम्भ गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जुन सुकै निर्माणका लागि विधि र प्रविधिको प्रयोग गरि सरकारले अगाडी सारेको भवन निर्माण आचारसंगितालाई पुर्ण रुपमा पालन गर्नका लागि अनुरोध गरेका छन् ।
सोही अवसरमा पोखरा महानगरपालिकाका ईन्जिनियर मनोज वाग्लेले भवन निर्माण गर्ने तौर तरिकालाई आत्मसाथ गर्दै नाफाका लागि कमसर सामाग्रीको प्रयोग नगरी गुुणस्थरिय सामाग्रीको प्रयोग गर्न सुझाव दिएका थिए ।
समितिका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ईको व्रिक्सका संचालक भरतराज ओझा,समितिका सस्थापक अध्यक्ष किसान सिह गुरुङ,निवर्तमान अध्यक्ष राम बहादुर गुरुङ,वरिष्ठ सल्लाहाकार कर्ण बहादुर सुनार लगाएतले मजबुत भवन निर्माणका लागि प्रदान गरिएको तालिममा सिकेका कुरालाई पुर्ण रुपमा पालन गर्न अनुरोध गरेका थिए ।
समितिका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम बहादुर नेपाली काईलाले तालिमको उद्देश्य र उपयोगिताका बारेमा जानकारी गराएको उक्त कार्यक्रमको संचालन सचिव जिवन कुमार परियारले गरेका थिए । पाँच दिनसम्म चल्ने तालिममा पोखरा महानगरपालिकाका ईन्जिनियर जगननाथ कोईराला,सुरेन्द्र पौडेल,नेत्र तिमिल्सेना,मनोज वाग्लेले सहजिकरण गर्ने भएका छन् ।













