होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता, गोताखोर परिचालन गरी खोजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।आइतबार उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए ।

आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं। ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं। १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।

उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् ।

  • १२ चैत्र २०८०, सोमबार ०९:२१ प्रकाशित