हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

दाङ ।

करेन्ट लागेर दाङमा एकै परिवारका तीनजनाको ज्यान गुमेको छ । हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर आँगनमा खसेपछि करेन्ट लाग्दा दाङको राप्ती गाउँपालिका– ३ घण्टदेव चोकका ६० वर्षीय श्रीमान् गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमति दिलसरा र चार वर्षीय नाति कृष्ण केसीको ज्यान गुमेको दाङ प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लका अनुसार हाइटेन्सन लाइनको विद्युतको तार चुडिएर उनीहरुलाई करेन्ट लागेको थियो ।

दिलसरा र नाति कृष्णको घटनास्थलमै ज्यान गुमेको हो भने गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गुमेको हो ।

  • १० चैत्र २०८०, शनिबार २२:०२ प्रकाशित