अन्नपुर्ण सहकारीद्धारा बृहत सरसफाई संगै डस्विन बितरण

केन्द्रभाग मिडिया

पोखरा । १३ औं स्थापना दिवसको अवसर पारी अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले बृहत सरसफाइ संगै डस्बिन वितरण गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ नागडाँडा क्षेत्रमा सहकारीले बृहत सरसफाइ संगै डस्विन वितरण गरेको हो । सो अवसरमा वोल्दै अन्नपूर्ण गाउँपालिका सहकारी बिभागका प्रमुख ठाकुर प्रसाद अधिकारीले सहकारीको मर्म र भावना अनुसार संस्था अगाडी बढेको बताउदै आगमी दिनमा आउने चुनौतिलाई समेत संयमित भएर सामना गर्दै अगाडी वढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा संस्थाका सल्लाहकार लाल बहादुर कुवँर, समाजसेवी मनपति भण्डारी, जनप्रतीनिधि वडा नं ३ का वडा सदस्य कृष्ण प्रसाद पौडेल, संस्थाका उपाध्यक्ष मनपति अधिकारी , कार्यक्रम संयोजक खगराज अधिकारी लगायतले वोलेका थिए । संस्थाको अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी अधिकारीले गरेका थिए ।

सरसफाइ कार्यक्रम अन्तर्ग अन्नपूर्ण गाउँपालिकाको नागडाँडा बजार क्षेत्रमा बृहत सरसफाइ गर्नुका साथै चोक चोकमा डस्बिन समेत राखिएको थियो । सहकारीको १३ औ स्थापना दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर १, २ र ३ र अन्नपूर्ण गाउँपालिका भवन परिसरमा समेत डस्बिन राखिएको सहकारीका अध्यक्ष इन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी ३ करोड ७० लाख , बचत निक्षेप १३ करोड ९० लाख , ऋण लगानी १४ करोड ८० लाख र तरलता २९ % रहेको व्यवस्थापक अनिल अधिकारीले जानकारी दिए ।

  • १० चैत्र २०८०, शनिबार १३:११ प्रकाशित