ओलीले बोलाए एमाले सचिवालय बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गतेका लागि सचिवालय बैठक बोलाएका हुन् । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सचिवालय बैठक आह्वान गरिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

  • ९ चैत्र २०८०, शुक्रबार १६:०५ प्रकाशित