लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारी पुरा

केन्द्रभाग मिडिया

पोखरा । शनिवार पोखरामा आयोजना हुने नेपाल लोकतन्त्रवादी आदिवासी जनजापत महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । सामाजिक, आर्थिक र राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताको लागि स्थापित नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा वोल्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका कन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका संयोजक रेनुका काउचा मगरले शनिवार पोखरामा आयोजना हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइन । महाधिवेशनमा ११ जिल्लाबाट ३ सय ७८ प्रदेश प्रतिनिधिहरुको सहभागीता रहने वताउदै संयोजक काउचा मगरले अधिवेशन सम्पन्न गर्नका लागी आफ्नो संयोजकत्वमा १ सय १ सदस्यीय गण्डकी प्रदेश मूल आयोजक समितिका साथै विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको वताइन ।

महाधिवेशन पूर्व पोखराको चिप्लेढुंगाबाट झाँकी र्याली सहित न्युरोड, पोखरा महानगरपालिका हुदै कार्यक्रम स्थल पोखरा सभागृहमा पुगी सभामा परिणत हुनेछ । उक्त कार्यक्रमको नेपाली काँग्रेसका उपसभापति, पूर्व रक्षा एवं उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

  • ९ चैत्र २०८०, शुक्रबार १३:४० प्रकाशित