वेसहारालाई सहयोग गरेर गुरुङ्गले मनाएर जन्मदिन

केन्द्रभाग मिडिया

पोखरा  ।   जन्मदिन अर्थात ‘वर्थ डे’ मा धेरैजसोले साथीभाई आफन्त बोलाएर केक काट्ने, भोजभतेर खाने, नाचगान गरेर मनाउँदै आएका भेटिन्छन । तर मालेपाटन पोखरा हाल UK नीवासी प्रेम गुरुङ्गले भने घरपरिवारवाट विछोड भएर वेसहारा बनेका दुःखीहरुको सेवा गरेर आफ्नो ३३ औं जन्मदिन मनाएका छन ।
समाजसेवा र परोपकारमा रमाउने गुरुङ्गले सोमबार सडकमा वेसहारा भएर भौतारिदै हिडेर उद्वार गरी मानव सेवा आश्रममा लगिएका दुःखीहरुको लागि खाद्यान्न दिएर आफ्नो जन्म दिन मनाएका हुन ।
जन्मदिनमा फजुल खर्च गर्ने परम्परालाई तोड्दै गरिव, दुःखी र वेसहाराको सेवामा लागेमा मानव जीवन सार्थक हुने सन्देश दिदै गुरुङ्गले यसरी नै जन्म दिन मनाउँदै आएका छन । ‘मानिस भएर जन्मिसकेपछि गरिव, दुःखीहरुको सेवा गरेर मुहार हसाउन सक्नु नै सवैभन्दा ठुलो धर्म हो भन्ने मलाई लाग्छ,’ गुरुङ्गले भने ‘म सवै युवा पुस्तालाई गरिवहरुको सेवामा जुट्न आग्रह गर्दछु ।’ गुरुङ्गले यसअघि पनि वाच्छेवुडुवास्थित बृद्वाश्रम, १७ छोरेपाटनस्थित मानवसेवा आश्रममा लगायता धेरै ठौउ मा खाद्यान्न सामाग्री दिएर जन्मदिन मनाएका थिए ।
पोखरा महानगरपालिका २५ हेम्जास्थित मानवसेवा आश्रममा गुरुङ्गले सोमबार चालम, दाल, नुन, तेल,सोयाबीन्,फ्रुटि, मसला, चियापत्ती लगायत ३० हजार बराबरको खाद्यान्न सामाग्री आश्रमका कर्मचारी लाई हस्तान्तरण गरेका थिए ।
मानव सेवा आश्रममा विभिन्न जिल्लावाट सडकमा भौतारिदै हिडेका १ सय २६ वेसहारा मानिस बसिरहेका आश्रमका कर्मचारी ले जानकारी दिए ।
  • ५ चैत्र २०८०, सोमबार १७:२९ प्रकाशित