म्याग्दी ।
म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ ।
पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् ।
खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएराती उक्त जीप पालिका केन्द्र पोखरेबगरबाट पाउद्वार गाउँ गएको थियो ।जीप सडकदेखि करिब ५० मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ ।












