चितवन ।
रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको बस चितवनमा दुर्घटनामा परेको छ ।
चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किंदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको ज्यान गएको हो ।
पोखरातर्फ आउँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।घाइते हुनेमा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका-२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












