बुद्ध विशाल बजार एसोसिएसनको रक्तदानमा ६४ युनिट संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले दशौ पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशकी सभासद सरस्वती गुरूङले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभासद सरस्वती गुरूङले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफ्नो तर्फबाट एशोसियसनलाई के कस्तो सयोग तथा सल्लाहको आवश्यकता पर्छ परेमा आफ्नो तर्फबाट सयोग गर्ने प्रतिवद्वता प्रकट गरेकी थिईन् ।

रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका निर्वतमान अध्यक्ष तथा मानार्थ सदस्य केशव बहादुर खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले यो वर्ष आफ्नो रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरू गरिरहेको बताउदै रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने बताउदै खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले सामाजिक उत्ररदायित्व बहन गर्दे दशौ पटक यो रक्तदान कार्यक्रम आयोजना गरीएको बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देल, कस्मेटिक व्यवसायी संघकी अध्यक्ष दुर्गा बराल फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू लगाएतले बोलेका थिए ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्वि बहादुर कुंवरले स्वागत मन्तव्य राखेका थिए भने सचिव तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्न्द्र केसीको टोलिले बिशेष सयोग गरेको थियो ।

  • ३ चैत्र २०८०, शनिबार २१:४३ प्रकाशित