पोखरा लनर्स एकेडेमीको साहित्यिक फेस्टिभल

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा ७ माछापुच्छ्रे टोलस्थित पोखरा लर्नर्स एकेडेमीले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै साहित्यिक फेस्टिभल सुरु गरेको छ । विगतमा काठमाडौं विश्वविद्यलयसँग सहकार्य सम्झौता गरेको विद्यालयले नयाँ शैक्षिक सत्रलाई केन्द्रमा राखेर पठन सस्कृतीसमेत चलाउने सम्झौता गरको छ ।

सम्झौता गरेसँगै पोखरा लर्नर्स एकेडेमीका प्रिन्सिपल विधान गौतमले पोखराको शैक्षिक यात्रालाई थप सहज, सरल र आधुनिक अनुसन्धानको पद्दतिलाई पच्छ्याउँदै विद्यालय, विद्यार्थी र अभिभावकको भविष्यलाई ध्यान दिएको उल्लेख गरे ।

विद्यार्थीको सिकाईको स्तरलाई आधुनिकता थप्दै सक्षम, समाज प्रति उत्तरदायि र रोजगारमुखी शिक्षा आजको आवश्यकता बुझेको पोखरा लर्नर्स एकेडेमीले नवोदय शिशु सदन इङ्लिस सेकेन्डरी स्कुलसँग बुक रिडिङ कल्चर सुरु गर्ने जनाएको हो ।

शिक्षण शैलीलाई परिवर्तन गर्ने मुख्य उद्देश्य रहेको सम्झौताले शिक्षकहरुको सिकाई सहयोग कार्यक्रम वृद्धि गर्न पहल गर्ने, विद्यालय र अभिभावकको आवश्यकतालाई विश्लेष्ण गर्ने, पाठ्यक्रमको ढाँचा तय गर्ने, पाठ्यक्रमको मूल्यांकन गर्ने, नेतृत्व क्षमता बृद्धि गर्ने, अधुरा कार्य योजना सम्पन्न गर्ने, विद्यालयको मिसन र भिजनलाई लागु गराउन पहल गर्ने, विद्यार्थीको सिर्जनात्मकतालाई ध्यान दिने विद्यालयका प्रिन्सिपल विधान गौतमको भनाई छ ।

विद्यालयका संस्थापक अभिभावक ईश्वरबन्धु गौतमको अध्यक्षतामा भएको सभामा अर्ली चाईल्डहुड एजुकेसन मन्टेश्वरी स्कुलका संस्थापक साल्भी बास्तोलाले विद्यालयको प्रगति भन्दा पनि विद्यार्थीको सिकाई प्रविधि आधुनिक हुनु पर्ने बताइन् । मन्टेश्वरी एसोसिएसन कास्कीको प्रमुख सल्लाहकार रहेकी वास्तोलाले स्कुल लेभलमा यस्तो सम्झौता पोखरामा पहिलो कदम चालेको भन्दै स्कुललाई धन्यवाद दिएकी थिइन् ।

शिक्षक अजिता पाण्डेले सञ्चालन गरेको कार्यक्रममा नवोदय स्कुलका फाउन्डर अभ्युक्त खनालले जुममार्फत अभिभावकलाई पठन सस्कृतिको बारेमा जानकारी दिएका थिए । किताव पढ्ने कला सिकाउने, विद्यार्थीलाई स्पस्टसँग सिक्ने वातावरण दिलाउने, शिक्षकलाई समयानुकुल तालिम प्रदान गर्ने, अभिभावकलाई आधुनिक शिक्षा पद्दतिमा निखारता ल्याउने, बुक रिडिङ कल्चरलाई देश व्यापी अभियानमा लैजाने लगायत धारणा राखेका थिए ।

उल्लेख्य अभिभावकको उपस्थिति रहेको कार्यक्रममा अभिभावक रिगेन्द्र गिरीले महिनामा १ पटक फि तिर्नमात्र नआई हरेक विषयमा चासो राख्न अनुरोध गरे । उनले पोखरा लनर्स एकेडेमीको कमजोरी पत्ता लगाउन नसकेको बताउँदै आफ्नो २ सन्तानलाई विद्यालयको भरमा छोडेको उल्लेख गरे । कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्मका साना विद्यार्थीहरुको प्रस्तुतीले अभिभावलाई मनोरञ्जन दिलाएको थियो ।

  • ३ चैत्र २०८०, शनिबार १९:०६ प्रकाशित