लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय भलिबल  फाईनल खेलमा सि.एस.जी. र सेनेरेटरी भिड्ने

केन्द्रभाग मिडिया

पोखरा । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्कीको आयोजनमा शुक्रबार देखि भएको अन्तर लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय पुरुष भलिबल प्रतियोगिताको खेलमा गेट वे फाउन्डेसनलाई हराउँदै सेनेरेटरी फाईनको यात्रा तय गरेको छ । भने हाम्रो परिवारलाई हराउँदै सि।एस।जी फाईनलमा प्रवेश गरेको छ । फाईनल खेल सि।एस।जी र सेनेरेटरी बिच हुने भएको । तेस्रो स्थानको लागि गेट वय फाउन्डेसन र हाम्रो परिवार बिच भिडन्त हुने भएको छ ।
शुक्रबारको पहिलो खेलमा सेनेरेटी हाउसले नौलो घुम्ती नेपाललाई हराएको छ । दोस्रो खेलमा मानव संरक्षणलाई हराउँदै गेट वे फाउन्डेसनले गेट वए अघिल्लो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा पि एस एस जिलाई हराउँदै सिएसजी अघिल्लो चरणमा प्रवेश गरेको छ । चौथो खेलमा न्यु चिजन उपस्थित नभएको कारण नव जीवन निलो अघिल्लो चरणमा प्रवेश गरेको हो । पाँचौ खेलमा नव जीवन रातोलाई हराउदै गेट वे फाउन्डेसन अघिल्लो चरणमा प्रवेश गरेको छ । छौटौं खेलमा रिचवनलाई हराउदै सेनेरेटी हाउस अघिल्लो चरणमा प्रवेश गरेको छ । सातौँ खेलमा हाम्रो परिवार नेपालले नव जिवनलाइ हराउदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमर थापा अलग किसिमको प्रतियोगिता भएको बताए । कास्की १५ प्रतिशतले प्रयोगकता बढेको प्रहरी तथ्यांक रहेको बताए । लागुऔषध पुर्व प्रयोगकर्तालाई मनोबल अभिवृदी र आशा जगाउन प्रतियोगिताले सहयोग गर्ने बताए । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्की अध्यक्ष भिम पराजुलीको अध्यक्षतमा कार्याक्रम भएको थियो । पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार स्वरुप पाउने छन् । प्रतियोगितामा ११ टिम सहाभागी रहेका छन् । प्रतियाेगिता शनिबार सम्मपन्न हुने छ ।
  • २ चैत्र २०८०, शुक्रबार २०:५५ प्रकाशित