पोखरा ।
स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरबाट सुरु भएकोे सरफाई कार्यक्रम ट्याक्सीचोक हुदैँ गाईघाट पुगेर समापन भएको शिक्षक अभिभावक संघका अध्यक्ष रमेशप्रसाद पौडेलले जानकारी दिए ।
सरसफाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधानले व्यवस्थापन समितिका सदस्य तथा सरसरफाई उपसमितिका संयोजक विष्णु लामिछानेलाई कुचो हस्तान्तरण गर्दै सरसफाई कार्यक्रम सुरु भएको थियो ।

आफ्नो घर मात्र हैन, घर वरपरको क्षेत्र पनि सफा सुग्घर राख्नुपर्ने सचेतना जगाउँदै गरिएको सरसफाई कार्यक्रममा, वडाबासी, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघ, विभिन्न सरोकारवाला समिति/उपसमितिका सदस्य तथा संयोजकहरु र वडा प्रहरी कार्यालय बगरको सहभागिता रहेको थियो ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा हिरक महोत्सव मुल आयोजक समितिका अध्यक्ष रामविक्रम राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विद्यालयका प्रध्यानाध्यापक ईश्वरीप्रसाद सापकोटाले सञ्चालन गरेका थिए ।













