पोखरा देखि चिनिया नाका रसुवाको टिमुरेसम्म बस सञ्चालन

केन्द्रभाग मिडिया

पोखरा ।

पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा आन्तरिक पर्यटकलाई लक्षित गरी पोखरा देखी चिनिया नाका टिमुरे भन्सार रसुवा जोड्ने गरी यातायात सुचारु गरिएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि र टिमुरे बस तथा मिनीबस यातायात प्रालिको संयोजनमा बिहीबारदेखी दैनिक पोखरा रसुवा र रसुवा पोखरा बस सञ्चालनमा ल्याइएको हो ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीका अनुसार बिहीबार देखी बिहान ७ : १५ बजे पोखराबाट र रसुवाको टिमुरेबाट बिहान ७ बजे बस छुट्ने छ ।

यसभन्दा अगाडी पोखरा रसुवा बस सेवा सञ्चालन गरेको भएतापनि कोभिडका कारण उक्त सेवा रोकिएको र हाल आएर पुन सञ्चालनमा ल्याइएको अध्यक्ष केसी वताए । पोखराबाट चिनिया नाका र ऐतिहाँसिक रसुवागढी पुग्ने आन्तरिक पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याइएको हो ।

रसुवाका रमेश अधिकारीले आफुहरु रसुवाबाट पोखरा आउदा बस फेर्दै आउनुपर्ने बाध्यता अब हटेको बताए । सिधा बस सेवा सञ्चालन भएपछि आफुहरुलाई पोखरा रसुवा यात्रा गर्न निकै सहज भएको उनको भनाइ रहेको थियो । पोखराबाट रसुवाको चिनिया नाका टिमुरे पुग्न १२ सय ८५ र रसुवाको धुन्चेका लागी १ हजार ५५ लाग्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले जनाएको छ ।

  • १ चैत्र २०८०, बिहीबार ११:०२ प्रकाशित