लेखनाथ ।
पोखरा महानगरपालिका वडा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका वुवा अमर वहादुर गुरुङको वुधवार ९७ वर्षको उमेरमा निधन भएको हो ।
सुगर र प्रेसरका कारण लामो समय देखि विरामी परेका गुरुङको आफनै निवास पोखरा २७ को रिठेपानीमा अपरान्न ४ः१५ वजे निधन भएको हो ।
वेलायत सरकारमा भुपु भएर बृटिस आर्मीमा मेजर तहसम्मको उपादी हासिल गरेका स्वर्गीय गुरुङकी श्रीमती विवि कुमारी गुरुङ,छोराहरु क्याप्टेन इन्द्र वहादुर गुरुङ,चन्द्र बहादुर गुरुङ,वडाअध्यक्ष पुर्ण कुमार गुरुङ,मनध्वज गुरुङ, छोरी डम्वर कुमारी गुरुङ र नाती,नातिनी,पनाती पनातीनीहरु रहेका छन् ।












