अन्य दललाई एमालेको अनुरोध : ‘पाँच दलीय गठबन्धनलाई समर्थन गर्नुस’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रमुख सत्ता घटक नेकपा एमालेले नयाँ गठबन्धनको समर्थनका लागि अन्य राजनीतिक दललाई अनुरोध गरेको छ । शुक्रबार विहान च्यासलमा बसेको एमाले सचिवालय बैठकले पाँच दलको नयाँ सत्ता समीकरणमा अन्य दललाई पनि समर्थन गर्न आग्रह गरेको हो ।

‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ,’ महासचिव शंकर पोखरेलले भने, ‘प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दल ९एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी० मा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौँ । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौँ ।

सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको उनको भनाइ थियो । मुलुकको सङ्कटको अवस्थाबाट पार लाउन जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्‍याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।

  • २५ फाल्गुन २०८०, शुक्रबार १४:३३ प्रकाशित