पशुपतिमा दर्शनार्थीको घुइँचो, एकपटकमा १० जनाले दर्शन गर्न पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थीहरु रातिदेखि नै लाइनमा बसेका थिए । दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ ।

पशुपतिनाथ मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरुका लागि बिहान २ बजेदेखि ढोका खुला गरिएको थियो । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरिसको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले बताए ।

पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकचोटीमा नौदेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार १०:५७ प्रकाशित