नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीमा बबरजङ गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा इश्वरबहादुर विष्ट र भवन राज बराल निर्वाचित भएका छन् ।

सचिवमा यमनाथ पौडेल, कोषाध्यक्षमा पार्वता पाण्डे, उपसचिवमा काँसी गुरुङ, नारायण शर्मा, सुशीला सिग्देल र नगेन्द्र प्रसाद पोखरेल निर्वाचित भएका छन् ।

समितिको सदस्यमा खगेश्वरी शर्मा पौडेल, नारायण बहादुर कुँवर, सामराज पाठक, आनन्द सुन्दर श्रेष्ठ, हस्तबहादुर खड्का, भोजबहादुर रिजाल, अमृता ल्वागुन, कल्पना थापा बोहोरा, सरोज पौडेल, युवाराज पौडेल, प्रकाश थापा, थोमनाथ अर्याल, शिवप्रसाद तिवारी र यादवप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

 

  • २१ माघ २०८०, आईतवार ०९:५५ प्रकाशित